किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण

भोजपुर | कात्तिक २३, २०८१

किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण

भोजपुरः    भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । 


पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुयाउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेको हो ।


किरात रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यले ५ दिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । 


प्रशिक्षण कार्यक्रममा ६० जनाले सहभागिता जनाएका छन् । मुख्य रुपमा तीन वटा सिलीको प्रशिक्षण गरिएको हो ।


आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन प्रशिक्षण दिएको उहाँले बताउनुभयो ।


“किरात संस्कृतिको संरक्षण तथा विकास गर्ने लक्ष्यले साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “पुर्खाले गरी ल्याएको चलनलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन यसले भूमिका खेल्नेछ ।”


परीक्षण कार्यक्रममार्फत आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा मुख्य रुपमा जानकारी दिइएको प्रशिक्षक शरणबहादुर राईले बताउनुभयो । 


यस्ता प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको टेवा पुग्ने उहाँको भनाइ छ ।


“पछिल्लो अवस्थामा युवायुवतीले आफ्नो चालचलन रहनसहनलाई भुल्दै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “जसका कारण पुराना चलन लोप हुने खतरा बढ्दै गएको छ ।


नयाँ पुस्तालाई अद्यावधिक गराउन साखेवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर आवश्यक ज्ञान सीप प्रदान गरेका छौँ ।” 


सहभागीलाई श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न किरात सिलीको महत्व तथा नाच्ने तरिका बारेमा प्रशिक्षण दिइएको किरात राई वान्तावा खिम भोजपुरका अध्यक्ष लालबहादुर वान्तवा राईले बताउनुभयो । 


किरात रीतिरिवाजसम्बन्धी ज्ञान भएका पुराना पुस्ता सकिँदै गइरहेकाले भावी पुस्तालाई आफ्नो संस्कारप्रति सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।  


वडाको पहलमा गरिएको प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार, संस्कृतिको संरक्षण टेवा पुग्ने सहभागीले बताएका छन् । 


विभिन्न अवसरमा साखेवा सिली नाचिने भए पनि कतिपयले यसको महत्वको तथा नाच्ने तरिका नजानी नाच्ने गरेकाले प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 


वडाले रु १ लाख ४० हजार बजेट विनियोजन गरेर किरात राई वान्तावा भाषा तथा संस्कार र साखेवा सिली प्ररिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।


भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा वडाले सञ्चालन गरेको कार्यक्रम प्रशंसायोग्य रहेको स्थानीयवासीको भनाइ छ । 
 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्